नेप्सेले दियो घट्नेक्रमलाई निरन्तरता, नेप्से १९६०.३० विन्दुमा पुग्याे

काठमाडाैं, २० फागुन । नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिंदा १९६०.३० विन्दु पुगेकाे छ।

यस दिन नेप्से परिसूचक ११.७८ अंक घटेकाे छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ५९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य ७.८० प्रतिशत बढेको छ।

यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य भने ५.६९ प्रतिशत बढेको छ। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *