शेयर बजारमा दोस्रो सर्किट लाग्याे, कारोबार ४० मिनेटका लागि बन्द

काठमाडौं, २१ फागुन । शेयर बजारमा पहिलो सर्किट लागेर खुलेकाे बजारमा १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको छ ।
नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
शेयर बजार ११ बजेर ३ मिनेटमा पहिलो सर्किट लागेकाे थियाे । सर्किट लागेर २० मिनेटपछि खुलेकाे बजारमा १ मिनेटमै दोस्रो सकिर्ट ब्रेक लागेको हो ।
शेयर बजारका अनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म सर्किट ब्रेक लाग्छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।