पोखरा नेपालकाे पर्यटकीय राजधानी घोषणा

गण्डकी, ४ चैत । नेपाल सरकारद्वारा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएकाे छ ।

नेपाल सरकारकाे तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको हाे ।

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य पनि हाे । पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरू पर्यटन क्षेत्रको विकासमा हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयाे ।

उहाँले विश्वका विभिन्न मुलुकमा सहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताउनुभयाे ।