सुनसरीको बर्जुमा आगलागी, १५ घर जलेर नष्ट

सुनसरी, ५ चैत्र । सुनसरीको बर्जु गाउँपालिका-४ मा आगलागी भएकाे छ । आगलागीमा परी स्थानीयकाे १५ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगाे सल्केर आगलागी भएकाे स्थानीयले जनाएकाे छ । आगलागीमा परी करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचर, खाद्यान्न, कपडालगायत जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।