भन्सार छलेर ल्याएकाे सुनसहित दुई जना पक्राउ

काठमाडौं, चैत्र । भन्सार छलेर ल्याएकाे सुनसहित प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनीहरुलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।

उनीहरुकाे साथबाट प्रहरीले भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन बरामद गरेकाे छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।