पर्वतमा एक घरभित्रै मृत फेला परे दम्पती

काठमाडौं, २० चैत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।
वडा नम्बर २का अध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीका अनुसार साेही गाउँका सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।
वडा अध्यक्षका अनुसार घटनास्थल रगताम्मे छ । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिएकाे अध्यक्ष प्रकाशबहादुरले बताए ।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।