बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बैतडी, २३ चैत । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार ट्याक्टर चालककाे परिचय खुलेकाे छैन भने त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।