स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसी टिचिङ अस्पताल भर्ना

काठमाडौं, १६ कात्तिक । २५औँ आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गर्नुभएको थियो। अनशनको चौथो दिनमा उहाँको रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चिकित्सकले चेतावनी दिएका थिए।

स्वास्थ्यमा थप जटिलता देखिएपछि आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा उहाँको आवश्यक उपचार सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *