आहा ! बुसानः वसन्त ऋतुको स्वागत र सेतै फुलेका चेरी फूल (१४ तस्बिर)
बुसान, दक्षिण कोरिया, २३ चैत । बसन्त ऋतु आफैमा पनि ऋतुहरुको राजा मौसम हो । यो मौमसलाई ऋतुराज पनि भनिन्छ । बोटबिरुवामा पलाएको नयाँ मुनाले यो मौसम पल्लवमय बनेको हुन्छ ।
जाडोयाम भर्खरै सकिएको अनि उखरमाउलो गर्मी पनि नहुने यो मौसममा मुख्य गरेर आरुबखडा जस्तो फुल्ने चेरी फूलले सबैको मन लोभ्याएको हुन्छ । नेपालमा मात्रै होइन चेरी फूलेपछिको मौसमले अहिले रोजगारीका लागि नेपालीहरुको पहिलो रोजाइको केन्द्र बनेको दक्षिण कोरिया पनि निकै सुन्दर बनेको छ । कोरियामा सन् २००८ देखि रोजगारीका लागि नेपाली युवा–युवतीहरु जान थालेका हुन् ।
यो करीब १६ वर्षको दौरानमा रोजगारीका लागि मात्रै १ लाख ८ हजार भन्दा बढी नेपाली युवा–युवतीहरु रोजगारीका लागि दक्षिण कोरिया पुगेको तथ्याङ्क छ । सन् २०२३ मा मात्रै करीब २१ हजार युवा–युवती कोरिया उढेका छन् । पाँच करोड १७ लाख बढी जनसंख्या भएको कोरियाका विभिन्न सहर मध्ये बुसान दोस्रो ठुलो सहर हो । यो सहर जनसङ्ख्याका हिसावमा दक्षिण कोरियाको राजधानी सउल पछिको दोस्रो पनि हो । बुसान दक्षिण कोरियाको पर्यटकीय राजधानी पनि हो ।
बुसानमा अहिले चेरी फूलेपछि पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । विश्वकै राम्रा र रमणीय सामुन्द्रिक टापूहरु मध्ये हेयुन्दे, खाङवालीलगायतका टापुले पनि यहाँ पर्यटकहरुलाई तान्ने गरेको छ । कोरियामा रहेका नेपालीहहरुको आकर्षण र घुमफिरको केन्द्र पनि हो, बुसान । बुसानमा चेरी फूलेको मौसमलाई अजय सोडारीले कैद गरेका १४ तस्बिर ।

