आहा ! वसन्त ऋतुको स्वागत र रातै फुलेका चेरी फूल (१५ तस्बिर)

काठमाडौं, २३ चैत । वसन्त ऋतु आफैमा पनि ऋतुहरुको राजा मौसम हो । यो मौमसलाई ऋतुराज पनि भनिन्छ । बोटबिरुवामा पलाएको नयाँ मुनाले यो मौसम पल्लवमय बनेको हुन्छ ।
जाडोयाम भर्खरै सकिएको अनि उखरमाउलो गर्मी पनि नहुने यो मौसममा मुख्य गरेर आरुबखडा जस्तो फुल्ने चेरी फूलले सबैको मन लोभ्याएको हुन्छ । चेरी फूलेपछिको मौसमले अहिले युवा–युवती मोहित हुँदै चेरी फुलेको मौसममा सेल्फी खिच्न र भिडियो टिकटक बनाउन व्यस्त बनेका छन् । युवा–युवती मात्रै होइन चेरी फुलेपछि अहिले मौसम पनि मोहक बनेको छ ।