तीन कराेडमा विक्री भएकाे बुद्धचित्तको रूख अज्ञात समूहले किन काटे?, प्रहरी यसाे भन्छ

काठमाडौं, ३० चैत । काभ्रेपलाञ्चाेक जिल्लाकाे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित अज्ञात समूहले शेरबहादुर तामाङको बारीमा रहेको बुद्ध चित्तको रूख काटिदिएका छन् ।
तामाङले बुद्धचित्तको रुख केही महिनाअघि ३ करोड रुपैयाँ ठेक्कामा लगाइएको पाइएको छ । साेही रूख अज्ञात समूहले काटेकाे हाे ।
तामाङका अनुसार बुद्धचित्तको सिङ्गाे रूखकाे दाना फल्नु भन्दा अगावै वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बिक्री गरिएको थियो । तामाङले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउनुभएकाे छ । उहाँले ठेक्का नपाएकाे झाेंकमा रूख काटिएकाे हुनसक्ने बताउनुभयाे ।
प्रहरीलाई खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट गए राति २ बजे टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले बुद्ध चित्तको बोट काटिएको स्थान नजिकै घरकाे आँगनमा चार वटा घरेलु सकेट बम राखेकाे अवस्थामा फेला पारेकाे छ ।
प्रहरीका अनुसार घरनजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।