अर्थ मन्त्रालयद्वारा एक महिनामै निकासा गर्याे विविध शीर्षकमा साढे ३६ अर्ब

काठमाडौं, २ वैशाख । अर्थ मन्त्रालयले पछिल्लो एक महिनामा साढे ३६ अर्ब रुपैयाँ निकासा दिएको छ ।

मन्त्रालयले विविध शीर्षकमा रहेको बजेट, खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधनबाट खर्च बढाएको जानकारी दिएको छ ।

अर्थमन्त्री वर्षमान पुन मन्त्रालयको जिम्मेवारीमा आएको एक महिनामा सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च गरिएको छ ।

त्यस्तै २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिए पनि खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च हुन नसकेपछि रकमान्तर, कार्यक्रम संशोधन र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था छ ।

अर्थतन्त्र सुस्ताएका बेला सरकारी खर्चसमेत खुम्चिँदा थप सुस्तता आएको निजी क्षेत्रले आलोचना गर्दै आएको छ ।