एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेका छन् ।
लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ ।
लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए।