विस्का: जात्राकाे अन्तिमदिन आज भैलख तानेर समापन गरिंदै (तस्बिरहरू)

भक्तपुर, ५ वैशाख । विस्का: जात्राकाे अन्तिमदिन आज भैलख तानेर मनाइँदै छ ।

सुरुमा थने अर्थात् माथिल्लो भागमा पुगेको विस्काको भैलख (भैरबनाथ) अहिले क्वने अर्थात् तल्लो भागमा पुगेको छ ।

राति नौ बजे भैलख क्वनेको तेखापुखू आसपास पुगेको छ भने स्थानीयहरु भने रथ तानातानमै गरिरहेका छन् । यद्यपि जात्रा अहिलेसम्म शान्तिपूर्ण रुपमा नै चलिरहेको छ ।

सुरुमा रथ तःमारीबाट थनेतिर पुगेको थियो । सुकुलढोकासम्म पुगेपछि रथ क्वनेतिर अघि वढेको थियो ।
परम्परा अनुसार जात्राको अन्तिम दिन बुधबार द्यो क्वन्हे विज्याइगू अर्थात् देवता तल्लतिर जाने हो । यही अनुसार अहिले रथ क्वनेतिर पुगिरहेको छ ।

रथलाई तःमारीमा ल्याइ पुरयाएपछि यो वर्षको विस्का जात्राको समापन हुन्छ ।