तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा यूएईसँग पराजित भएसंगै नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्न लागेको हो ।

सेमिफाइनलमा पराजित भएपछि नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो।

खेल अपराह्न सवा ४ बजे हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *