बझाङमा एमालेका भण्डारी २६७ मतान्तरसहित विजयी (मतसहित)

बझाङ , १७ वैशाख । बझाङ प्रदेशसभामा नेकपा एमालेका दमन भण्डारी २६७ मतान्तरसहित विजयी हुनुभएकाे छ ।

उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनुभएकाे हाे ।

एमालेका भण्डारीले ११६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११३४६ मत ल्याउनुभएकाे थियाे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याउनुभएकाे थियाे ।