विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २२ वैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले उनलाई आज सार्वजनिक गरेको हाे ।

प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *