सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा, अर्को पेसी जेठ १ गतेलाई तोकियो
काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेकाे छ ।
आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि उच्च अदालतले लामिछानेको मुद्दाकाे अर्को पेसी जेठ १ गतेलाई तोकेकाे छ ।
लामिछानेको मुद्दामा उच्च अदालतमा आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।
लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।