सरकारकाे नीति तथा कार्यक्रम पारित

काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको शर्माले बताउनुभयाे ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।

आज मंगलबार दिउँसो बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललेनीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ ।