मधेश सरकार जनमतको नेतृत्वमा गठन गर्ने
काठमाडौं, १७ जेठ । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने तीन दलबीच सहमति भएको छ ।
बिहीबार काठमाडाैंमा बसेको बैठकले नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रबीच यस्ताे सहमति गरेकाे हाे ।
जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेकाे थियाे । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ ।