सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
काठमाडाैं, ३ असार । सुर्खेतमा इनार सफा गर्नेक्रममा दुई जनाको निस्सासिएर मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा रहेकाे इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयाे ।
सोमबार अपराह्न अन्दाजी साढे चार बजे इनार गर्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए।
३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको थियाे। मृतककाे शव अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।