एसईईको नतिजा प्रकाशन हुँदै
काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी गरेकाे हाे ।
नतिजा बुधबार नै सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो ।
नतिजा प्रकाशनका लागि निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।
१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ ।