प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतकाे सामना गर्ने

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्नुहुने भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमसंगै प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा माओवादी पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हाे ।

सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने जानकारी दिनुभयाे ।

बैठकपछि सचिव देवेन्द्र पौडेलले भन्नुभयाे, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।’