राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा ७ दिने निशुल्क बेकरी तालिम
काठमाडाैं, २ साउन । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा ७ दिने नि:शुल्क बेकरी तालिम शिप सिकाैं आफ्नै देशमा राेजगार बनाैं नाराका साथ सुरू भएकाे छ ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीकाे आयाेजनामा आश्रय समूह र विसडम हस्पितालिटीकाे सहयाेगमा ४० जना युवाहरूलाई ७ दिने नि:शुल्क बेकरी तालिमकाे सुरूवात गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवे,विशिष्ठ अतिथि नेकपा एमाले काठमाडौं महानगर अध्यक्ष गणेश श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थाई कमिटि सदस्य एवं साईबर सर्कल प्रमुख अजित लामा, अतिथि राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर ईन्चार्ज कमरेड नविन नकर्मी, पार्टि महानगर सदस्य एवं युवा संघ जिल्ला सचिवालय सदस्य विकल्प थापा, बाग्मति प्रदेश विभाग सदस्य सुजन खत्रीलगायत प्रशिक्षार्थीहरुको उपस्थितिमा बेकरी तालिम शुरु भएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले महिलाहरूलाई उद्यमीसंग जाेड्नुपर्छ भनेर एमालेले बिभिन्न कार्यक्रम ल्याएकाे बताउनुहुँदै युवाहरू लक्षित स्वराेजगार तालिम दिइएकाे बताउनुभयाे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटिका अध्यक्ष दिपेश सुधाकरले काठमाडाैं महानगरपालिका भित्रका गरिव तथा विपन्न युवाहरूलाई लक्षित गरी स्वराेजगार बनाउने हिसावले तालिम दिइएकाे बताउनुभयाे ।