सांसद बाँस्कोटाले धम्की र विद्रोहको भाषा नबोल्न प्रचण्डलाई दिए चेतावनी
काठमाडौं, १३ भदाै । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न चेतावनी दिनुभएकाे छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा बोल्दै सांसद बाँस्कोटाले प्रचण्डको बङ्गलादेश बनाउने अभिव्यक्ति र विद्युत् प्राधिकरणको बक्यौता उठाउने विषयबारे प्रसङ्ग निकाल्दै यस्तो भाषा प्रयोग नगर्न चेतावनी दिनुभएकाे हाे ।
प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्दा नेपाल बङ्गलादेश र श्रीलङ्का हुनसक्ने भन्दै सरकारलाई सतर्क गराउनुभएकाे थियाे । साेही विषयमा बाेल्दै सांसद बाँस्कोटाले माओवादीको च्याँखे दाउ मात्र भएको भन्दै जनताको म्यान्डेट विपरीत नबोल्न आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘सत्ताबाट बाहिर निक्लने वित्तिकै बङ्गलादेश बनाउने’ ? बङ्गलादेश बनाएको त हामीले उही बेला देखेको हो नि सिंहदरबार कब्जा गर्न आउँदा पनि हेरेर ६ दिन चिउरा खाएर फर्केको थियो’ ।
एमाले कांग्रेस पनि आन्दोलनबाटै आएकाे हाे । ‘उद्वेलित धेरै हुनुपर्दैन । एक जना सांसदले बोल्यो भने ट्रोल बनाउने ?’ उहाँले सबैभन्दा धेरै समय माओवादी नै सरकारमा बसेको तर जस लिने तर अपजस नलिने प्रवृत्ति छोड्न चेतावनी दिए ।