बालेनकाे कार्यशैलीमाथि सुनिता डंगाेलकाे ब्यापक असन्तुष्टि
काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाउनुभएका छन् ।
काठमाडौं महानगरले सर्वोच्च अदालतको फैसलापछि नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्न जारी गरेको सूचनालाई लिएर उपमेयर डंगोलले कार्यपालिकाको बैठकमा मेयर शाहमाथि प्रश्न गरेकी गर्नुभएकाे हाे ।
सर्वोच्च अदालतलेले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०/२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो ।
काठमाडौं महानगरले अदालतकाे फैसलापछि सूचना निकालेर भवन निर्माण रोकेको छ । साथै
कार्यपालिकाको मंगलबार बसेको बैठकमा वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले मेयर बालेनलाई सूचना निकाल्न हतार गरेको भन्दै प्रश्न गर्नुभएकाे थियाे ।
उपमेयर डंगोलले पनि अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएकाे भन्दै महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएकोले याे निर्णय सबै जनाकोहो कि होइन भनेर प्रश्न उठाउनुभयाे ।
उहाँले अदालतको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले जनता वडा र महानगरमा आउन थालिसकेको बताउँदै स–साना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उहाले भन्नुभयाे, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’
फैसलाले कतिलाई असर पर्छ त्यसलाई कम गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयाे । ‘अदालतमा गरेको निर्णय सदैव जनताको हितमा हुन्छ भन्ने पनि छैन ?’ उहाँले भन्नुभयाे, ‘त्यसैकारण अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला ।’
उपमेयर डंगोलले जनभावना विपरीत महानगर गएको भनेर जनताले बुझ्न थालेको, तर आफूहरुसँग छलफल नै नगरेकाले सूचनाको ओनरसिप लिन नसकिएको बताउनुभयाे । उपमेयरको प्रश्न सुनेपछि मेयर बालेनले केही जवाफ दिनुभएन, ‘बैठक सकियो धन्यवाद’ भन्दै जुरूक्क उठेर हिंड्नुभयाे ।