बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले छेडे इन्द्रजात्रामा जिब्रो (तस्बिरहरू)
भक्तपुर, ३ असाेज । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रामा मध्यपुर थिमि ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडेका छन् ।
श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर विभिन्न देवालय परिक्रमा गरेका हुन् ।
तस्बिरहरू : सन्देश मुनिकार