सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज निर्माण गर्दै नेपाली सेना
काठमाडौं, २० असाेज । असाेज ११ र १२ गते आएकाे भिषण बाढीले बगाएकाे सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदी माथिको पुल अहिले धमाधम निर्माण गरिंदै छ ।
नेपाली सेनाकाे टाेलीले उक्त पुल माथिकाे बेली ब्रिज धमाधम निर्माण गरिरहेकाे हाे ।
भत्केको जडान कार्य सुरु भएको छ ।
पुलको जडान पछि राजमार्ग पूर्णरूपमा सञ्चालन हुनेछ । सेनाका अनुसार दसैंअघि नै सडक सुचारु हुनेगरी कार्य अघि बढाइएको छ ।