ऊर्जा मन्त्रालयले कुलमान घिसिङसँग माग्यो १५ बुँदे स्पष्टीकरण

काठमाडाैं, २३ असाेज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ।

ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण सोध्ने निर्णयपछि मन्त्री खड्काले मन्त्रालयका सहसविच शम्भू मरासिनीको संयोजकत्वमा विद्युत् प्राधिकरण सञ्चालक समिति बैठक आज बुधबार बिहान ११ बजेका लागि डाकेका थिए ।

तर, आज विहान प्राधिकरण सञ्चालक समितिको बैठक रद्द भएको जानकारी मन्त्रालयबाट आएको समितिका एक सदस्यले जानकारी दिए ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता भुक्तानीबारे विद्युत् प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद जारी छ ।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूले बक्यौता भुक्तानी गर्न बाँकी रहेको दाबी गरिरहेका छन् भने उद्योगीले बिजुली नै उपभोग नगरेको र गरेको भए प्रमाण पेस गर्नुपर्ने भन्दै बिजुली बक्यौता नतिर्ने अडान लिँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *