सहकारी ठगीमा रवि पक्राउ परेसंगै पत्नी निकिता पनि प्रहरीको गाडीसंगै पोखरा जाँदै

काठमाडौं, २ कार्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरालाने भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताको ठूलो पंति प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।

रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले पनि लामिछानेसंगै पोखरा जाने भएका छन् । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।

लामिछानेकी पत्नी निकिता पौडेल पनि आफ्नै गाडीमा पोखरा जाँदैछिन् भने रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविकाे पछिपछि पोखरा जाने भएको छ ।