सुनकाे बजारमा दिनहुँ नयाँ किर्तिमान, तोलाको पुग्याे १ लाख ६५ हजार

काठमाडौं, ४ कात्तिक । सुनकाे बजारमा दिनहुँ नयाँ किर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाएकाे हाे ।

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ ।