मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

बैठक बिहान ९ बजे बस्न लागेको हो । बैठकमा पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ ।

पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा हिजाे दिउँसो १ः३० बजे निधन भएको थियो ।

ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिनुभएकाे थियाे ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि सानो गौरचणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बन्नुभएका थिए ।