राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले लिए शपथ
काठमाडाैं, १६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतहरूले शपथ लिनुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार नवनियुक्त राजदूतहरूले शपथ लिनुभएकाे हाे ।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिनुभएकाे हाे ।
राजदूतहरूको शपथ समारोहमा परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत उपस्थित हुनुहुन्थ्याे ।