कीर्तिपुर नगरपालिकाको मतगणना आजै रातिदेखि सुरु हुने

काठमाडौं, १६ मंसिर । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ ।

कीर्तिपुरकाे २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ भने मतदान सकेर सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले जानकारी दिनुभयाे ।

नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो ।