सिरिजंगा-३ मा एमालेकी कुमारी ३ सय ५३ मतसहित विजयी
विराटनगर, १७ मङ्सिर । ताप्लेजुडको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी हुनुभएकाे छ ।
कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित हुनुभएकाे थियाे । हिजाेकाे उपनिर्वाचनमा उहाँ ३ सय ५३ मतसहित विजयी हुनुभएकाे हाे ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेनले २ सय ५१ मत प्राप्त गर्नुभयाे भने । कांग्रेसका भीम लक्सम्बा लिम्बूले २ सय १८ मत प्राप्त पाउनु भयाे ।