काठमाडौं वडा नं. १६ को उपनिर्वाचनमा रास्वपाकी रोजिनाले नेपाली कांग्रेस र नेकपा(एमाले)लाई पछि पार्दै जीतको नजिक
![Rojina-RSP](https://maitrinews.com/wp-content/uploads/2024/12/Rojina-RSP.jpg)
काठमाडौं, १७ मङ्सिर । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठले मतगणनाको सुरुबाटै अग्रता कायम गरिरहेकी छन् । जम्मा खसेको मत १०५५८ मध्ये ९१७६ मत गणना गर्दा उनले २५४१ मत पाएकी छन् । दोस्रो स्थानमा भने कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १९३९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । यहाँ एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १९१० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७२० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०११मत पाएका छन् । १ हजार ३८२ मत गणना गर्न बाँकी रहँदा रास्वपा रोजिना कांग्रेस उम्मेदवार देवेन्द्र भन्दा ६०२ मतले अघि छन् ।