काठमाडौं १६ को वडाअध्यक्ष पदमा रास्वपाका रोजिना निर्वाचित
काठमाडौं, १७ मङ्सिर । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । १०५५८ मध्ये २९०२ मत पाउँदै उनी विजयी भइन् । दो्सो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत प्राप्त गरे । तेस्रो स्थानमा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२०४ मत प्राप्त गरे ।