दाेलखाकाे गाैरीशंकरमा एमालेका  उमा शेर्पा विजयी

काठमाडौं, १७ मङ्सिर । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी भएकी छन् ।

 

उमाले २ हजार ८०५ मतसहित विजय हासिल गरेकी हुन् ।

 

माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् ।

 

गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

 

गौरीशंकरमा ९ वटा वडा मा ७ हजार ५९० मत खसेको थियाे ।