सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ, १८ मङ्सिर । सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ ।

सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।