प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो ६४१ किलो गाँजा

विराटनगर, १९ मङ्सिर । सुनसरी प्रहरीले गोली चलाएर गाँजासहित २ वटा गाडी नियन्त्रणमा लिएकाे छ ।

लागूऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि प्रहरीले गोली चलाएर गाजा नियन्त्रणमा लिएको हो ।

गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा चालक भाग्न खोजेपछि गोली चलाएर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुई गाडीका चालक मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चालकलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *