सुनको मूल्य घट्यो, चाँदीको भने बढ्याे

काठमाडौँ, २१ मङ्सिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रू ६ सय घटेको हो । चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ ।