प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

काठमाडौं, १ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेविरुद्धकाे अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पोखराका डीएसपी वसन्त शर्माले जनकारी दिनुभयाे ।

उक्त मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशी लगायत पनि प्रतिवादी रहेका छन् । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।

लामिछानेलाई कार्तिक २ गते पक्राउ गरी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।