राजस्व चुहावट र तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
काठमाडाैं, २ पुस । गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट र तस्करी तत्काल नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे छ ।
गृहमन्त्री लेखकले भारतीय सीमासँग जोडिएका लुम्बिनीलगाएत तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे हाे ।
लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिनुभएकाे छ साथै उहाँले राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै तस्करी नियन्त्रण गर्न नसके साेहि अनुसार मुल्यांकन गरी दण्डित गरिने पनि बताउनुभयाे ।
गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधका घटना समेत बढेको बताउँनुहुँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिनुभएकाे छ ।