राष्ट्रपतिद्वारा दुई देशका राजदूत नियुक्त
काठमाडौँ, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गर्नुभएको हाे ।
गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मात र मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिनालाई आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।