भोजपुरमा स्कर्पिओ दुर्घटना, एक को मृत्यु, तीन जना गम्भीर
भोजपुर, ११ पुस । भोजपुरको टेम्केडाँडामा आज बिहान स्कर्पिओ दुर्घटना भएकाे छ । स्कर्पिओ दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।
भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा रहेका छन् ।