राष्ट्रपतिद्वारा निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको

काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गर्नुभएको छ ।

त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ ।

पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।