गठबन्धन सरकार मंसिरमा ढल्छ, तर २०८४ सालको चुनावपछि : प्रधानमन्त्री ओली

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै गठबन्धन सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिनुभएकाे छ ।

प्रधानमन्त्रीओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराउनुभयाे ।