स्वर्गद्वारी गुठी पीडित मोही किसानको माइतीघरमा धर्ना(तस्बिरहरू)

काठमाडौं, २० माघ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आज काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ।

दाङ देउखुरीबाट आएका किसानहरूले आफूहरूले राखेका मागहरू पूरा नभएको भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले गौशालाहुँदै माइतीघरसम्म प्रदर्शन गरेका थिए। परम्परागत पोशाकमा सजिएका किसानहरूले ब्यानर, प्लेकार्ड, हलो, कोदालो र ढकिया बोकेका थिए।

संघर्ष समितिले २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विरोध प्रदर्शन गरेको हो।

उनीहरूले सहमति अनुसार सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्नुपर्ने माग राखेका छन्। सहमतिमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन गर्नेगरी सरकारले नयाँ कानुन बनाउने र संघर्ष समितिले आन्दोलन फिर्ता लिई गुठी सम्बन्धी कानुन निर्माणमा सल्लाह सुझाव दिने उल्लेख थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *