न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त

काठमाडौँ, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो ।

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।