प्रधानमन्त्रीकाे सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद आज
काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट आज दिउँसो १ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लाग्नुभएकाे हाे ।
उक्त एक्सन रुमकाे प्रधानमन्त्री आफैंले अघिल्लो कार्यकालमा स्थापना गर्नुभएकाे हाे । उहाँले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याउनुभएकाे थियाे भने ६ असोज, २०७६ मा एक्सन रुममा एक घण्टा बसेर उहाँले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिनुभएकाे थियाे ।